कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्‍वासको मत लिने 

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्‍वासको मत लिने भएका छन् । गुरुङले २७ गते बिहीबार विश्‍वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । 

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्‍वासको मत लिने 

प्रदेशसभा बैठक २७ गते १२ बजेबाट सुरु हुनेछ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । अल्पमतको सरकार भएकाले उनले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मत लिँदा २ दिनअघि जानकारी दिनुपर्ने व्यवस्थाअनुसार उनले उक्त पत्र सचिवालयमा पठाएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?