२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो, पाए विश्वासको मत

मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत
अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो, पाए विश्वासको मत

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए । विपक्षमा ९ मत परेको छ । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । ओली पक्षका सात जनाले एमाले प्रदेश संसदीय दलको निर्णय उल्लंघन गरेका हुन् ।

भट्टलाई आफ्ना पक्षमा बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमालेको खनाल-नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् । मतदानमा ५२ जना सांसद नै उपस्थित थिए ।

कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो ।प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?