२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

मुद्दाको आधारमा सरकारमा सहभागी भएका हौं, सरकारमा गएर बाँकी काम गर्छौं : महतो 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री नियुक्त महतोले कान्तिपुरसँग संक्षिप्त कुरा गर्दै आफूले मधेसको माग र मुद्दाका बारेमा काम गरिररहेको र त्यसकै आधारमा सरकारमा सहभागी हुन लागेको बताए । 

मुद्दाको आधारमा सरकारमा सहभागी भएका हौं, सरकारमा गएर बाँकी काम गर्छौं : महतो 

'हामीले मधेसको माग मुद्दाकै बारेमा काम गरेका हौं । पहिले पनि त्यसैको आधारमा सरकारमा गयौं । केही कार्यान्वयन भए केही बाँकी छन् । अब तिनलाई पनि हामी सरकारमा गएर कार्यान्वयन गर्छौं ।'

उनले भविष्यमा पनि आफूहरुले मुद्दा केन्द्रित भएरै काम गर्ने बताए । उनले पार्टीको मूल प्रवाह र बहुमत आफूहरुसँगै रहेको पनि दाबी गरे । 'पार्टीको मूल प्रवाह भनेको हामी हो । हामीसँग ७० प्रतिशत पकड छ,' उनले भने । उनले आफूहरु सरकारमा जाँदा पार्टी नफुट्ने र जसपा नै रहने दाबी गरे ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आजै साँझ उपप्रधानमन्त्रीको शपथ लिँदैछन् । आजै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको पार्टीको समझदारी भएपछि जसपाका ८ मन्त्री र २ राज्यमन्त्री हुने तय भएको हो ।

आजै साँझ नवनियुक्त मन्त्रीहरुको शपथ हुँदैछ ।

प्रकाशित : जेष्ठ २१, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?