कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको माग गर्न विपक्षी दल सर्वोच्च अदालत जाने

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक भएको भन्दै बदरको मागसहित विपक्षी दल न्यायिक उपचारमा जाने भएका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको माग गर्न विपक्षी दल सर्वोच्च अदालत जाने

चार दलका संसदीय दलका नेता एवं दलका सचेतकहरुको बधुबार बसेको बैठकले वैशाख १९ मा पोखरेलको मुख्यमन्त्रीमा नियुक्ति संविधानको भावना र मर्म विपरीत भएको भन्दै न्यायिक उपचारमा सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

वैशाख १९ मा प्रदेश प्रमुखले ठूलो दलका हैसियतमा मुख्यमन्त्रीमा पोखरेलेको नियुक्ति असंवैधानिक भएकाले संविधानको रक्षार्थ पनि सर्वोच्च अदालतमा जानुपरेको बैठकपछिको विज्ञप्तीमा उल्लेख छ ।

विपक्षी दलमा माओवादी केन्द्र , नेपाली कांग्रेस, जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चा सम्मिलित छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । एमाले ठूलो दल नरहेकाले उक्त नियुक्ति बदरको मागसहित सर्वोच्च अदालत जाने निर्णय भएको कांग्रेस संसदीय दलका सचेतक फकरुद्धिन खानले बताए । हाल एमालेमा ३८ सदस्य छन् ।

प्रकाशित : जेष्ठ ५, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?