कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

जेष्ठ ५, २०७८
पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौँ — नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको बुधबार ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौं प्रहरी महानिरीक्षक हभएका उनी राजदूत पनि थिए ।  

बरालले प्रहरी संगठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गरेका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कुल बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्‍याएका उनी संगठनको युगपुरुषका रुपमा स्थापित भएका प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७८ १६:२७
x
×