२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

ओली पुन: प्रधानमन्त्री बन्दा राजनीति अन्योलतातर्फ धकेलियो : यादव

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् ।

ओली पुन: प्रधानमन्त्री बन्दा राजनीति अन्योलतातर्फ धकेलियो : यादव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरु मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरुको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए । प्रधानमन्त्रीका अभिव्यक्ति संसद्‌लाई भंग गरेर मुलुकलाई अनिश्चितता र अन्योलतातर्फ लैजाने खालका भएको दाबी उनले गरे ।

उनले भने, 'राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिँदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्योलतातर्फ धकेलिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धराममा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनहरुमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको छ ।'


प्रकाशित : वैशाख ३१, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?