२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एकै दिन ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि, हालसम्मकै धेरै

काठमाडौँ — मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

एकै दिन ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि, हालसम्मकै धेरै

पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

यस्तै, २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख ३७ हजार २९५ पुगेको छ । आइसोलेसनमा ५९ हजार ७९८ जना र क्वारेन्टाइनमा २५३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?