१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बेलझुन्डीस्थित कोरोना अस्पतालमा अक्सिजन सकियो, ४० बिरामीको ज्यान जोखिममा

अस्पतालको गेटमा कोरोना संक्रमित बिरामीहरू उपचार पाउने आसमा पर्खिरहेका छन्, कतिपयको अवस्था निकै गम्भीर भए पनि भर्ना लिन सकिएकाे छैन : अस्पताल व्यवस्थापक
दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव भएको छ । अक्सिजन नभएपछि ४० बिरामीको ज्यान जोखिममा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । 

बेलझुन्डीस्थित कोरोना अस्पतालमा अक्सिजन सकियो, ४० बिरामीको ज्यान जोखिममा

अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएको उनले जानकारी दिए ।

‘हिजो रातिदेखि नै अक्सिजनको व्यवस्था गर्न अनुरोध गरे पनि कसैले केही गर्न सकेन । अहिले एक्कासि अक्सिजन सकियो,’ उनले भने, ‘अहिले स्थिति संकटपूर्ण छ । बिरामी बचाउन गाह्रो भयो ।’

यो अस्पतालमा शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या तयार पारिएको थियो । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ शय्या मात्रै थिए ।

शय्या विस्तार भए पनि अक्सिजन नभएपछि नयाँ बिरामी भर्ना गर्न नसकिएको उनले बताए । ‘अहिले अस्पतालको गेटमा कोरोना संक्रमित बिरामीहरू उपचार पाउने आसमा पर्खिरहेका छन्,’ उनले भने, ‘कतिपयको अवस्था निकै गम्भीर भए पनि अक्सिजन अभावमा अस्पतालभित्र लैजान सकिएको छैन ।’


प्रकाशित : वैशाख १९, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?