निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरिने

वैशाख १७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित सीसीएमसी निर्देशक समितिले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको निर्देशक समिति बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा थप कडाई गर्दै निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय लिइएको हो ।

यस्तै बैठकले संघीय मन्त्रीहरुलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्‍मा सिफारिस गरेको समितिले जनाएको छ ।

कान्तिपुर

Link copied successfully