कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ — गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । मध्यान्ह १२ बजे सुरु भएको बैठक खाजा समय भन्दै ४ बजे सभामुख नेत्रनाथ अधिकारले आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि सांसदरुहरुले राखेका छन् । अब साढे ४ बजेपछि सुरु हुने बैठकमा प्रदेश सभा संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची रहेको छ ।

छलफल सकिएपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि मत विभाजन गर्ने तयारी छ । यद्यपि जनमोर्चा र स्वतन्त्रतर्फबाट निर्वाचित सांसद दीपक मनाङले बैठकमा अनुपस्थित रहेकोले मत विभाजन हुन/नहुने निश्‍चित भइनसकेको प्रदेश संसद् सचिवालय स्रोतले जनाएको छ ।



प्रकाशित : वैशाख १५, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?