कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओलीलाई नेता पाण्डेको स्पष्टीकरण- गुटभेलाका निर्णय बदर गरेमात्र पार्टी एकता जोगाउन सम्भव 

काठमाडौँ — एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एकपक्षीय रुपमा गरेका निर्णयहरु बदर भए मात्र पार्टीको एकता जोगाउन सक्ने बताएका छन् । 

ओलीलाई नेता पाण्डेको स्पष्टीकरण- गुटभेलाका निर्णय बदर गरेमात्र पार्टी एकता जोगाउन सम्भव 

महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ दिँदै पाण्डेले फागुन २८ र त्यसपछिका गुटभेलाका निर्णयलाई बदर गरी पार्टीलाई विधि र विधान अनुसार संचालन गरे मात्र पार्टीको एकता जोगाउन सम्भव हुने बताएका हुन् । 'पार्टीको एकता जोगाउन पार्टीलाई २०७५ जेठ २ मा फर्काउनुको कुनै विकल्प छैन । फागुन २८ र त्यसपछिका गुटभेलाका निर्णयलाई बदर गरी पार्टीलाई विधि र विधानअनुसार संचालन गरे मात्र पार्टीको एकता जोगाउन सम्भव हुनेछ ।'

ओलीले गुट भेला गरेर पार्टी विभाजन गर्न खोजिएकाले आफूहरुले पार्टीको रक्षाका लागि राष्ट्रिय भेला गरेको उनको भनाइ छ ।

फागुन २८ गते बालुवाटारमा ओलीले गरेको गुटको भेलालाई पार्टी केन्द्रीय कमिटीको बठैक भनेर दुष्प्रचार गरिएको भन्दै पाण्डेले भने, 'यसको अर्थ के तपाईंले नै पार्टी विभाजन गर्न खोज्नु भएको प्रमाणित गर्दैन र ? यस्तो अवस्थामा पार्टीको रक्षाको लागि उभिनु प्रत्येक पार्टी सदस्यको दायित्व भित्र पर्नु पर्ने होईन ? त्यही दायित्वभित्र रही चैत्र ४ र ५ गते राष्ट्रिय भेला गरिएको हो ।'

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि ओलीले आफू पक्षीय नेताहरुको केन्द्रीय समिति बैठक राखेर संगठनमा हेरफेर गरेका थिए । त्यसपछि रुष्ट बनेको वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला गरेको थियो ।

प्रकाशित : चैत्र १७, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?