२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भुसाल र पाण्डेसँग पुनः स्पष्टिकरण मागियो

काठमाडौँ — नेकपा एमालेले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग पुनः स्पष्टिकरण मागेको छ ।

भुसाल र पाण्डेसँग पुनः स्पष्टिकरण मागियो

यसअघि मागिएको स्पष्टिकरणको जवाफ नदिएपछि भुसाल र पाण्डेलाई पुनःस्पष्टिकरण मागिएको एमाले नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार दुवै नेतालाई अविलम्ब जवाफ पेश गर्न भनिएको छ ।

चैत्र ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार गत सोमबार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन भन्दै पत्र लेखेका थिए । नेपाल र रावलले समयमै स्पष्टिकरण बुझाएपनि भुसाल र पाण्डेले बुझाएका थिएनन् ।

तर, नेपाल र रावलको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबार दुवै नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।

प्रकाशित : चैत्र १६, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?