संक्रमण उच्च हुनगएमा लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।

संक्रमण उच्च हुनगएमा लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।

उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’

उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

काठमाडौ विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा. अर्चना श्रेष्ठले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने बताइन् । उनले भनिन्,‘दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबै सर्तक हुनुपर्छ । विशेष गरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जँचाउनुपर्छ ।

प्रकाशित : चैत्र ११, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?