पश्चिम बंगाल सरकारलाई कोलकाता उच्च अदालतको आदेश : दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनू

पर्वत पोर्तेल

काँकडभिट्टा — ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार आदेश गरेको छ ।

पश्चिम बंगाल सरकारलाई कोलकाता उच्च अदालतको आदेश : दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनू

कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले सोमबार दुर्गा प्रसादका परिवारबाट माग भए कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको न्यायका लागि लडिरहेका अधिवक्ता हिरक सिन्हाले फोनमार्फत जानकारी दिए । उनले भने, ‘अदालतको आदेशपछि दुर्गाप्रसादले क्षतिपूर्ति पाउने बाटो खुलेको छ ।’

सिन्हाका अनुसार अदालतले कोलकाता सेन्ट्रल जेलमा रहेका दिमागी हालत बिग्रिएका बिरामी कैदीहरुको सत्यतथ्यसहित एक रिपोर्ट बुझाउन समेत जेल प्रशासनलाई आदेश गरेको छ । ‘अदालतले यही २५ तारिखभित्र रिपोर्ट बुझाउन भनेको छ’, उनले भने ।

४० वर्ष जेल बसेका दुर्गाप्रसाद आइतबार इलामको माइ नगरपालिका १० लुम्बाकस्थित घर फर्किएका छन् ।

यस्तो छ आदेशपत्र :


प्रकाशित : चैत्र ९, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?