सरकारको नेतृत्व गर्न तयार छु : देउवा


बारा — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटको बेला सरकारको नेतृत्व गर्ने अवसर आएमा पछाडि नहट्ने बताएका छन् ।


बाराको पचरौता नगरपालिकाअन्तर्गत भारतीय सीमावर्ती गाउँ बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने क्रममा उनले कांग्रेस पदको लोभी नभएको बताए । ‘जब-जब देशमा संकट आएको छ, तब-तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएको इतिहास छ,’ उनले भने, ‘अहिले पनि देशको राजनीति संकटले सरकार अप्ठ्यारोमा परेकाले त्यसको निकास दिन सरकारको जिम्मेवारी लिन म तयार छु ।’
हेलिकप्टर प्रयोग गरी सभालाई सम्बोधन गर्न आएका उनले खेलकुद विकास गर्न पार्टीले खेलकुदलाई जहिल्यै प्राथमिकतामा राखेको बताए ।
प्रकाशित : चैत्र १, २०७७ १७:२०