संसद् अधिवेशन मर्यादित र व्यवस्थित बनाउने ओली समूहको निर्णय

संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी
इकान्तिपुर डेस्क

काठमाडौँ — सत्तारुढ नेकपा ओली समूहको संसदीय दलको बैठकले आइतबारदेखि सुरु हुने संसद् अधिवेशन मर्यादित र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

संसद् अधिवेशन मर्यादित र व्यवस्थित बनाउने ओली समूहको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो बसेको संसदीय दलको बैठकले संसद् अधिवेशनलाई व्यवस्थित र रचनात्मक बनाउने निर्णय भएको सांसद् घनश्याम खतिवडाले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभाबाट ९१ र राष्ट्रिय सभाबाट २४ जना सांसद्हरु गरी १ सय १५ जनाको उपस्थित भएको राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले कान्तिपुरलाई बताए ।

बैठकलाई बोल्दै संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियत बिग्रिएका नेता र भ्रममा परेका कार्यकर्ताहरु बैठक छाडेर भौँतारिरहेको बताएका थिए । उनले पार्टीको आन्दोलन सुदृढ रुपले अगाडि बढ्ने र नेकपा नटुक्रिने बताएका बैठकमा सहभागी भट्टराई बताए ।

प्रकाशित : फाल्गुन २२, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?