कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भ्रष्टाचारीहरुमाथि कारबाही हुन्छ : अख्तियार प्रमुख राई 

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने जोकोहीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार टंगालस्थित आयोग मुख्यालयमा आयोजित कार्यक्रममा उनले आफू आग्रह/पूर्वाग्रह प्रमाणका आधारमा चल्ने बताए ।

भ्रष्टाचारीहरुमाथि कारबाही हुन्छ : अख्तियार प्रमुख राई 

मुलुकमा भ्रष्टाचार बढिरहेको भन्दै उनले आमनागरिकले अनुभूत गर्नसक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको बताए । संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने उनले स्पष्ट पारे ।

‘आम नागरिक, सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत सबैले बढ्दो भ्रष्टाचारका बारेमा चिन्ता व्यक्त गरिरहेका छन्’ उनले भने, ‘सबैको अपेक्षाअनुसार महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन ।’

प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम आफूबाट नहुने भन्दै अख्तियार प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने योजना रहेको बताए । आयोगलाई अझ प्रभावकारी रुपमा भ्रष्टाचारविरुद्ध निगरानी गर्ने निकायको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिकको समेत सहयोग अपेक्षा गरे ।


प्रकाशित : फाल्गुन १५, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?