कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई 

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालको नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै नेपालका दुई छिमेकी मुलुक चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा सक्रिय भएका हुन् ।

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई 

उनीहरुले संसद् खुल्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्नका लागि कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठमा भेटवार्ता गरेका छन् ।

दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेको बुढानिलकण्ठ स्रोतले कान्तिपुरलाई जानकारी दियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको संसद् विघटन गर्ने पुस ५ गतेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन् । तर उक्त असंवैधानिक कदमलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको हो ।

नयाँ राजनीतिक घटनाक्रमपछि अब संसदमा गएर सहकार्य गर्नु पर्छ भन्दै नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बुधबार देउवा निवास पुगेका थिए ।


प्रकाशित : फाल्गुन १३, २०७७ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?