'खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता देऊ'

काठमाडौँ — कोभिड-१९ विरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकहरूमाथि उपेक्षा गरेकाे भन्दै विवेकशील साझा पार्टीको ज्येष्ठ नागरिक संगठनले आपत्ति जनाउँदै उनीहरुलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दु:खद र दुर्भाग्यपूर्ण रहेको साझा ज्येष्ठ नागरिक संगठनका संयोजक महेनमोहन श्रेष्ठले जनाएका छन् ।
विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा जेष्ठ वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता छर्लङ भएको भन्दै संगठनले विज्ञप्ति सार्वजनिक गरेको हो ।
अहिलेसम्मको उपेक्षाप्रति क्षमायाचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठनले सरकारसँग माग गरेको छ ।
प्रकाशित : फाल्गुन २, २०७७ १७:२३