२४ घण्टामा १३० कोरोना संक्रमित थपिए, ७ को मृत्यु 

माघ २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपाल १३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । 

यस्तै, २४ घण्टामा कोरोनाबाट १९४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । 

सोमबार कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४५ पुगेको छ ।

कान्तिपुर

Link copied successfully