कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भट्टको हत्यामा संलग्‍नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले बैतडी दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यामा संलग्‍न दोषी पत्ता लगाइ कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । 

भट्टको हत्यामा संलग्‍नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत दिन सरकारसँग आग्रह गरेका हुन् । त्यस्तै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आयोगले आफ्नो तर्फबट अनुमगनका लागि घटनास्थलमा टोली खटाएको जनाएको छ । विज्ञप्तिअनुसार आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

त्यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटना अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको जनायो । बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा लवलेक जंगलमा फेला परेको थियो ।

प्रकाशित : माघ २५, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?