२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्रधानमन्त्रीको अभिव्यक्तिबारे वकिलहरूको निष्कर्ष– 'राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार गरिएको थिएन'

प्रधानमन्त्रीले 'बाजे वकिल' भनेको बारे बारका पूर्व अध्यक्षहरूको विज्ञप्ति

काठमाडौँ — वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्रीको केपी शर्मा ओलीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै बारका पूर्व अध्यक्षहरूले 'राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार नगरिएको' बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे वकिलहरूको निष्कर्ष– 'राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार गरिएको थिएन'

उनीहरुले एक विज्ञप्ति सार्वजनिक गर्दै कानुन व्यवसायीका सबैभन्दा जेष्ठ सदस्यको अपमान र मानमर्दन भएको बताएका हुन् । प्रधानमन्त्रीको अभिव्यक्ति सबै कानुन व्यवसायमाथिकै सत्तापक्षद्वारा निर्लज्ज प्रहार भएको उनीहरुको निष्कर्ष छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मूकदर्शक भएर सहन नसकिने भएकाले विज्ञप्ति निकाल्नु परेको उनीहरुले बताएका छन् ।

'२०१३ सालदेखि संस्थागत स्वरुप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनि राजतन्त्रकालमा समेत सत्तापक्षद्वारा यस प्रकारको निर्लज्जप्रहार भएको थिएन' विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : माघ ११, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?