कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ मृत भेटियो

‘बाहिरी चोट केही छैन, यो स्वाभाविक मृत्यु भने होइन’

चितवन — बरन्डाभार वन क्षेत्रमा पर्ने कालिका–१ को चतुर्मुखी सामुदायिक वनमा सोमबार दिउँसो एउटा भाले बाघ मृत फेला परेको छ । बाहिरी घाउचोट केही नदेखिएको अन्दाजी तीन/चार वर्षको उक्त बाघ एक/दुई दिनअघि नै मरेको हुन सक्ने भरतपुरस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए । 

बाघ मृत भेटियो

‘अवस्था हेर्दा एक/दुई दिन पहिल्यै मरेको जस्तो देखिन्छ । बाघको पोस्टमार्टमका लागि सौराहाको वन्यजन्तु अस्पतालमा पठायौं,’ उनले भने । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले मरेको बाघ हेर्दा मृत्यु स्वाभाविक जस्तो नलागेको बताउँछन् । ‘हामीले पोस्टमार्टम गरेर नमुना संकलन गरेका छौं । थप अनुसन्धान बाँकी नै छ । तर बाहिरी चोट केही छैन,’ उनले भने, ‘के कारणले मर्‍यो भन्ने कुरा विस्तृत परीक्षणपछि नै खुल्छ ।’

उक्त बाघ आमासँग छुट्टिने उमेरको अर्धवयस्क अवस्थाको रहेको उनले बताए । बरन्डाभार महत्त्वपूर्ण जैविकमार्ग हो । यसले चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वत शृंखलासँग जोडेको छ । यो वन हुँदै दुर्लभ वन्यजन्तु बाघ, गैंडा र अन्य जनावर ओहोरदोहोर गर्छन् । बरन्डाभार वनअन्तर्गतकै पञ्चकन्या सामुदायिक वनमा अघिल्लो वर्ष एउटा बाघ मृत फेला परेको थियो ।

प्रकाशित : पुस २८, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?