कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

केयूमा उपकुलपति नियुक्त गर्न दरखास्त आह्वान

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) मा उपकुलपति नियुक्त गर्न सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।

केयूमा उपकुलपति नियुक्त गर्न दरखास्त आह्वान

विश्वविद्यालय सभाले गठन गरेको सिफारिस समितिले व्यक्तिगत विवरण पठाउन सार्वजनिक सूचना जारी गरेको हो ।

केयूमा उपकुलपति नियुक्त गर्न पहिलो पटक सार्वजनिक रुपमा दरखास्त आह्वान गरिएको हो । सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । अध्यक्ष श्रेष्ठको व्यक्तिगत इमेलमा विवरण पठाउन आग्रह गरिएको छ ।

पुस २७ गतेभित्र इच्छुक र योग्य व्यक्तिले विवरण पठाउनुपर्ने समितिले जनाएको छ । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् ।

प्रकाशित : पुस २१, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?