२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

युरोप पठाउने भन्दै अवैध रुपमा पैसा उठाउने मुनलाइट म्यानपावर सिल

इकान्तिपुर डेस्क

काठमाडौँ — वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी गरेको छ । उक्त म्यानपावरले विभागबाट स्वीकृतिबिना युरोपलगायतका विभिन्न मुलुक पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

युरोप पठाउने भन्दै अवैध रुपमा पैसा उठाउने मुनलाइट म्यानपावर सिल

अवैध रुपमा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाइरहेको भन्ने सूचना पाएपछि विभागको टोली कात्तिक ४ गते आकस्मिक अनुगमनमा गएको थियो । अनुगमनमा जाँदा कार्यालय बन्द रहेको र सञ्चालकलाई बारम्बार सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकाले मंगलबार मुनलाइट म्यानपावरको कार्यालय सिल गरिएको विभागले बताएको छ ।

साथै वैदेशिक रोजगारीमा जान भनी रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र विभाग वा श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

विभागले मुनलाइट म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरिएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानका लागि पैसा र राहदानी नबुझाउनसमेत विभागले आग्रह गरेको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?