वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षिय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो । ‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ दाहालले भने । उनका अनुसार मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन् । ‘सामान्य रुघाखोकीबाहेक उहाँमा अन्य कुनै स्वास्थ्य समस्या छैन,’ उनले भने ।


प्रकाशित : कार्तिक ६, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?