२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने सम्पूर्ण तयारी पूरा भएको छ : सञ्‍चारमन्त्री गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित  (क्लीनफीड) लागू गर्नका लागि तयारी पूरा भएको जानकारी गराएका छन् । कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी तयारी कानुनी तथा संस्थागत तयारी पूरा भएको मन्त्री गुरुङले जानकारी दिए । 

कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने सम्पूर्ण तयारी पूरा भएको छ : सञ्‍चारमन्त्री गुरुङ

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताए । उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।

क्लीनफिड लागू गर्नका लागि विज्ञापन बोर्डको गठन गरिएको र त्यसको अध्यक्षमा मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई नियुक्ति दिइएको मन्त्री गुरुङले बताए । बोर्डले अनुगमनको लागि संस्थागत तयारी गरिसकेको र कात्तिक ८ गतेदेखि निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए ।

'ऐनको मर्म र भावनाअनुरुप तोकिएको कानुनअनुसार विज्ञापनरहित प्रसारण नभएमा कानुनअनुसार हुने जानकारी गराइसकिएको छ,' मन्त्री गुरुङले भने । उनले नेपालमा विदेशी च्यानल प्रशारण गर्ने संस्थाहरूलाई त्यसबारे जानकारी दिइसकिएको पनि बताए । क्लीनफीड नभएमा कानुनअनुसार कारबाही हुने पनि जानकारी गराइएको उनले बताए ।

नेपालमा विज्ञापनरहित क्लीनफीड लागू गर्नु ऐतिहासिक निर्णय भएको बताउँदै मन्त्री गुरुङले त्यसका लागि २०७३ सालदेखि तयारी र छलफल गर्दै आएको बताए ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?