१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

श्रम बैंकले श्रमिकहरुको तथ्यांक राखिरहेको छ : श्रममन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशबाट फर्केका श्रमिकको हैसियत पहिचान गर्नको लागि श्रम सूचना बैंकले तथ्याङ राख्‍न थालेको बताएका छन् ।

श्रम बैंकले श्रमिकहरुको तथ्यांक राखिरहेको छ : श्रममन्त्री

‘को श्रमिकसँग के सीप छ भनेर पहिचान गर्न हामीले श्रम सूचना बैंकमा तथ्याङ राख्‍न थालेको हो । यसले रोजगारदातालाई आवश्यक श्रमिक सहजै उपलब्ध गराउँछ,’ गैरआवासीय नेपाली संघको मध्य पूर्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले भने,‘यसमा औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पूरा विवरण हुनेछ ।’

उनले श्रमिक बैंकमा आबद्ध हुने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्ने तयारी भइरहेको बताए । ‘योसँग सम्बन्धित कार्यविधि र कानून बनाउने काम भइरहेको छ । यो कार्यान्वयनमा आएपछि यसमा श्रमिकको पूर्ण रुपमा हैसियत पहिचान गर्छ । यसमा सीप, रेमिट्यान्समा योगदानको सबै विवरण हुन्छ ।’

उनले सीपयुक्त जनशक्तिलाई स्वदेशकै राष्ट्रिय आयोजनाहरुमा प्रयोग गरिने वताए । सम्मेलनमा खाडीस्थित नेपाली दूतावासहरुले स्वदेश फर्केका श्रमिकलाई राष्ट्र निर्माणमा जोड्नुपर्ने बताए ।

प्रकाशित : कार्तिक १, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?