पछिल्लो २४ घण्टामा उपत्यकामा २ हजार १ सय २९ संक्रमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घण्टामा उपत्यकामा २ हजार १ सय २९ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित देखिएको जानकारी दिएको हो ।

२४ घण्टामा जम्मा १५ हजार ५७७ पीसीआर परीक्षण भएका छन् ।

उपत्यकामा सोमबार काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना गरी २ हजार २८३ संक्रमित देखिएका थिए ।

देशभर भने मंगलबार ३ हजार ५५६ जना संक्रमित थपिएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ३ जना घर फर्किएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

मंगलबार थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित, १५ सय ३ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० जना पुगेको छ ।

यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ९१५ पुगेको छ । त्यसैगरी २४ घण्टामा १५ सय ३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७८ हजार ७ सय ८० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।

प्रकाशित : आश्विन २७, २०७७ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×