कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा २ हजार २८३ जनामा कोरोना पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३  जना कोरोना संक्रमित देखिएका छन् ।

उपत्यकामा २४ घण्टामा २ हजार २८३ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।

उपत्यकामा आइतबार काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना गरी १४ सय १६ जना संक्रमित देखिएका थिए ।

२४ घण्टामा जम्मा १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएका छन् । देशभर भने सोमबार ४ हजार ४७ जना संक्रमित भएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । होम आइसोलेसनमा रहनेको संख्या १९ हजार ९ सय ५७ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २६, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?