२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

श्रम मन्त्रालयद्वारा ३५ मेडिकल संस्था खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्थालाई धरौटी नबुझाएको भन्दै खारेज गरेको छ ।

श्रम मन्त्रालयद्वारा ३५ मेडिकल संस्था खारेज

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायले असोज २० गते मन्त्रीस्तरीय बैठकले कानुन बमोजिमको निर्धारित समयभित्र नपुग धरौटी बापतको रकम नबुझाएको र पेश गरेको सफाइ समेत सन्तोषजनक भएको देखिएको भन्दै खारेज गरेको हो ।

स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त गरेको मेडिकल संस्थाले श्रम मन्त्रालयमा धरौटी राखेर सूचीकरण भएपछि मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउनेछ । वैदेशिक रोजगार ऐन संशोधन भएपछि मेडिकल संस्थाले धरौटी बापत ५ लाख रुपैयाँ राख्नुपर्छ । त्यसअघि दुई लाख रुपैयाँ थियो । वैदेशिक रोजगार नियमावली संशोधन भएपछि तीन महिनाभित्र नपुग धरौटी राख्नका लागि मन्त्रालयले सूचना जारी गरेको थियो ।

खारेज भएका मेडिकल संस्थाहरु :

प्रकाशित : आश्विन २२, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?