कांग्रेस नेता अर्जुननरसिंह केसीलाई कोरोना स‌ंक्रमण

दुई आमन्त्रित केन्द्रीय सदस्यमा कोरोना संक्रमण 
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता अर्जुननरसिंह केसीमा कोरोना स‌ंक्रमण देखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते गरीएको परीक्षणको शनिबार नतिजा आउँदा केसीसहित ६ जनामा स‌ंक्रमण देखिएको हो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीलाई कोरोना स‌ंक्रमण

कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीका अलावा दुईजना आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठमा पनि कोरोना संक्रमण देखिएको छ । अन्य तीनजना सुरक्षाकर्मी र कर्मचारीमा पनि देखिएको हो ।

नेता केसीले शनिबार साँझ आफू संक्रमित भएको खबर संचारमाध्यमबाट पाएको तर केन्द्रीय कार्यालयले खबर नगरेको भन्दै खेद व्यक्त गरेका छन् । साथै उनले आजैदेखि आफू सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

१५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए । परीक्षण गरिएमध्ये २०-२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आइतबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।

१९ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकका लागि परीक्षण गराइएको थियो ।

प्रकाशित : आश्विन १७, २०७७ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?