२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ

कमल पन्थी

बर्दिया — राजापुरमा महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपमा कैलालीस्थित श्रीलंका पोष्टका दुई सशस्त्र प्रहरीलाई इलाका प्रहरी कार्यालय राजापुरले पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ

१९ वर्षीया किशोरीमाथि बलत्कार र उनकी १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा दुई जना सशस्त्र प्रहरीलाई बिहीबार बेलुका पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मिन घलेले सशस्त्र प्रहरी जवान जीवन दर्लामीमाथि जबरजस्ती करणी र अर्जुन सुनारमाथि जबरजस्ती करणी गरेको उद्योगमा अनुसन्धानसहित कारबाहीका प्रक्रिया अघि बढाएको बताए ।

प्रहरी नायब उपरीक्षक घलेका अनुसार पीडितले ती सशस्त्र प्रहरी जवानहरुलाई साँझ परेकाले जंगल कटाइदिन आग्रह गरेपछि उनीहरुले फत्तेपुरको नर्सरी जंगलमा बलात्कार र यौन दुर्व्यवहार गरेको जाहेरी परेको छ ।

प्रकाशित : आश्विन १५, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?