सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्न इजरायलसँग सम्झौता हुँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्न इजरायलसँग सम्झौता हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायल सरकारको सहयोगमा नेपालका सातै वटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने तयारी भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँगको सहयोगमा स्थापना हुने उक्त केन्द्र स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षार गर्न इजरायलका लागि नेपाली राजदूत अञ्जन शाक्यलाई अख्तियारी दिने निर्णय गरेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले इजरायलसँग भएको कृषि प्रविधि भित्र्याउन स्थापना हुने एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

यस्तै आइतबार बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)का मुख्य वैज्ञानिक डा. दिपककुमार भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै वैज्ञानिक वन व्यवस्थापान र रुख कटान सम्बन्धि सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले दिइएका सुझावलाई कार्यान्वय गर्नका लागि वत तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै असोज ८ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीहरु उद्धारमा कार्यमा खटिएको दिन प्रतिदिन ३ सय रुपैयाँ अतिरिक्त भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ । यस्तै गोताखोर तालिम प्राप्त ती सशस्त्र प्रहरीको १० लाखको विशेष बिमा गर्ने व्यवस्था मिलाउने पनि सरकारले निर्णय गरेको छ ।


प्रकाशित : आश्विन १२, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्

सेती प्रादेशिक अस्पतालमा एक कोराना संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेकी एक कोरोना संक्रमित ६३ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासनका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी वडा नम्बर १ बस्ने ती महिलाको उपचारको क्रममा सोमबार अपराह्न ४ बजे मृत्यु भएको बताएका छन् ।

उनका अनुसरा मुटुमा र श्वासप्रश्वासको समस्याका कारण असोज ७ गते अस्पताल भर्ना भएकी उनमा असोज १० गते कोरोना पुष्टि भएको थियो । उनको आईसियूमा राखेर उपचार भइरहेको थियो ।

कैलालीमा उनीसहित मृतकको संख्या ८ जना कोरोनाबाट मृत्यु भएको छ । धनगढी उप–महानगरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । सु्दूरपश्चिमभरिमा मृतकको संख्या १६ पुगेको छ । कैलाली जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ३३ रहेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ४ सय ९१ रहेको छ । निको हुनेको संख्या १ हजार ८ सय ३५ रहेको छ ।


प्रकाशित : आश्विन १२, २०७७ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×