अर्घाखाँचीकाे शीतगंगामा पहिराे जाँदा १७ घर बगे

वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको छ । शुक्रबार दिउँसो एक्कासि पहिरो गएपछि सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भागेर ज्यान बचाएकाे डीएसपी माधव बुढाथाेकीले बताए ।

'पहिराे गएसँगै ३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएकाे छ,' डीएसपी बुढाथाेकीले भने।

भिरालो भूभागको बस्ती भएकाले भासिएर बस्ती पहिरोले बगाएको वडाध्यक्ष बाबुराम गैरेले बताए । मानवीय क्षतिको अझै एकिन नभएको उनले बताए । ‘उक्त गाउँमा जाँदै थिएँ, एक्कासि पहिरो गयो । होहल्ला गरेर भाग्न लगाएँ, म पनि भागेँ । हेर्दाहेर्दै बस्ती बग्यो, धेरै मान्छे भागेर सुरक्षित स्थानमा आएका छन् ।’ वडाध्यक्ष बाबुराम गैरेले भने । घर पालुवा जनावर पूरै बगाएर लगेको उनले बताए । त्यहाँ कुखुराका कृषि फार्म पनि थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाको प्रहरीको टोली पुगेको छ । पहिरो बगिरहेकाले मानवीय क्षतिबारे एकिन नभएको र घटनास्थलमा जान समस्या भएको घटनास्थलबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?