रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक झडप [तस्बिरहरु]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक झडप [तस्बिरहरु]

झडपमा परी केही प्रहरी, पत्रकार तथा युवाहरु घाइते
तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुर — पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका थिए । दोस्रो पटक पुनः आक्रोशित युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो । झडपमा परी केही प्रहरी,पत्रकार,तथा युवाहरु घाइते भएका छन् ।


प्रकाशित : भाद्र १८, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्

जुवा खेलेको आरोपमा तुलसीपुरमा १३ जना पक्राउ

दुर्गालाल केसी

दाङ — जुवा खेलेको अभियोगमा तुलसीपुरमा १३ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका १४ पननपुरस्थित निमबहादुर केसीको घरमा बुधबार राति जुवा खेलिरहेको अवस्थामा ६३ हजार ८ सय ४० रुपैयाँ नगद र ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी सुमित खड्काले बताए ।

पक्राउ पर्नेमा तुलसीपुर १४ का ५ र तुलसीपुर १५ का १ जना छन् ।

यसैगरी तुलसीपुर ९ का ७ जना पक्राउ परेको डिएस्पी खड्काले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको थुनामा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र १८, २०७७ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×