२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रहेनन् चित्रकार प्रेममान

कान्तिपुर संवाददाता

काठमाडौँ — परम्परागत चित्रकला विधाका वरिष्ठ चित्रकार प्रेममान चित्रकारको निधन भएको छ । चित्रकारको ७८ वर्षको उमेरका आइतबार कलंकीस्थित नेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको नेपाल ललितकला पज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए । चित्रकार लामो समयदेखि श्वासप्रश्वास सम्बन्धीको रोगबाट ग्रसित थिए ।

रहेनन् चित्रकार प्रेममान

नेपाली परम्परागत कलामा पौभा चित्रकला विधामा चित्रकारले महत्वपूर्ण योगदान दिएको कुलपति कर्माचार्यले बताए । कर्माचार्यले उनलाई पौभाकलाको धरोहरका रुपमा सम्झँदै उनको निधनले कला क्षेत्रमा अपुरणीय क्षति भएको जनाए ।

पुर्ख्यौली रुपमा पौभाकला विधाका सिद्धहस्त चित्रकारका रुपमा परिचित उनले बनाएका पौभा चित्रकलाको धारलाई समातेर अहिलेका नयाँ पुस्ता अगाडि बढेको चित्रकार रविन्द्र श्रेष्ठले सुनाए । उनका अनुसार प्रेममानका पौभा चित्रमा प्रयोग गरिने रंगदेखि मुहारमा देखिने मुस्कान नै बेग्लै किसिमको थियो । उनकै पदछापमा थुप्रै परम्परागत विधाका चित्रकारहरु उत्पादन भएका छन् ।

प्रतिष्ठानले शोक वक्तव्य जारी गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । चित्रकारको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

प्रकाशित : श्रावण ३२, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?