लिदी पहिरो [अपडेट] : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिदी पहिरो [अपडेट] : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ ।

लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण भने प्राप्त नभएको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

सभामुख अग्नि सापकोटासँगै पुगेका नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । चार जना चौतारा अस्पताल र एक जनालाई काठमाडौंको सिभिल हस्पिटल पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिको डाँडो भासिएपछि १३ घर पूरै पुरिएको र कम्तीमा ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए । पहिरोबाट १५ जना भने सकुशल बाहिर निस्कन सफल भएको नेपालले बताए ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले उपलब्ध गराएको सूचीअनुसार पहिरोमा परी बेपत्ता हुनेहरु निम्नानुसार छन् ।

१.छविलाल दोङ

२.सोमरानी दोङ

३.धनलक्ष्मी दोङ

४.शिरमाया दोङ

५.विवरानी दोङ

६.साहिँली दोङ

७.बिबी लक्ष्मी दोङ

८.सानुकान्छा दोङ

९.साङलामो दोङ

१०सोनाम दोङ

११.हिरा भक्ति दोङ

१२.जीते झाँक्री दोङ

१३.सानुकान्छी दोङ (गर्भवती)

१४.दिन्दुस दोङ

१५.सुरज दोङ

१६.करेसमाई दोङ

१७.च्यामा दोङ

१८.सानु दोङ

१९.टीकामाया दोङ

२०.छिरिङ दोङ

२१.मानबहादुर दोङ

२२.जयबहादुर दोङ

२३.प्रिया दोङ

२४.प्रीति दोङ

२५.कान्छी दोङ

२६.सानुकान्छी दोङ

२७.वाङ्ची लामा दोङ

२८.धनमाया तामाङ दोङ

२९.रेनिस दोङ

३०.मेकमाया दोङ

३१.मिलन दोङ

३२.विमला दोङ

३३.माइला पराङ

३४.प्रकाश दोङ

३५.साइली दोङ

३६.आयुश दोङ

३७.सुवास तामाङ

३८.टीकामाई दोङ

प्रकाशित : श्रावण ३०, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

सुशान्तको मृत्युमाथि सिबीआई जाँच माग गर्दै बलिउडकर्मी

एजेन्सी

बलिउड अभिनेता सुशान्तसिंह राजपुतकी बहिनी श्वेतासिंह किर्तीले उनको मृत्युको सिबीआई जाँचका लागि पछिल्लो समय माग गरेकी थिइन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले सबैलाई यसमा सहयोग गर्न अपिल गरेकी थिइन् । अहिले उनलाई धेरै कलाकारले साथ दिँदै सिबीआईसँग जाँचका लागि अनुरोध गरेका छन् ।

अभिनेता वरुण धवन, कृति सेनन, कंगना रनावत, परिणीति चोपडा, सुरज पंचोली, सिद्धान्त चतुर्वेदी, जरीन खान र सञ्जना सांघीले समर्थन गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग 'सिबीआई फर एसएसआर' लेख्न थालेका छन् ।

उनकी पूर्व–प्रेमिका अंकिता लोखन्डेले पनि भिडियो सार्वजनिक गरेकी छन् । कृति सेननले इन्स्टाग्राम स्टोरीमा लेखेकी थिइन्, 'सत्य चाँडै बाहिरोस् भनेर प्रार्थना गर्छु म । उसको परिवार, साथी अनि फ्यानहरुले यो सत्य जान्न पाउने अधिकार छ ।' सशान्तको अन्तिम फिल्म 'दिल बेचरा'ले अनलाइन प्लेटफर्ममा प्रदर्शनमा अउने बेला लेखेकी थिइन्, 'तिम्रो लागि प्रार्थना निरन्तर हुनेछ । न्याय, शान्ति र सत्य पाउनुपर्छ । उनीहरुले न्याय दिउन् भन्ने प्रार्थना छ । यो परीक्षाको घडी लामो अनि कठिन छ ।'

त्यस्तै सुशान्तसँग 'शुद्ध देशी रोमान्स'मा स्क्रिन सेयर गरेकी परिणितीले पनि इन्स्टाग्राममा लेखेकी थिइन् । 'जुन कुरा आवश्यक छ त्यो सत्य नै हो । जस्टिस फर एसएसआर,' उनले लेखेकी थिइन् । सुशान्तले गत जुन १४ मा मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १३:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×