२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पार्टीभित्रको अन्तरविरोध विधि र प्रक्रियाबाट हल गर्न नेकपाका ६१ सांसदको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्‍मा नेकपाबाट प्रतिनिधित्व गर्ने ६१ सांसदहरुले पार्टीभित्रको अन्तरविरोध विधि, प्रक्रियाबाट हल गर्न माग गरेका छन् । पार्टीलाई रुपान्तरणसहित एकताबद्ध बनाउनका लागि भन्दै उनीहरुले आइतबार सामूहिक छलफल गरी हस्ताक्षर गरेका हुन् ।

पार्टीभित्रको अन्तरविरोध विधि र प्रक्रियाबाट हल गर्न नेकपाका ६१ सांसदको माग

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले पार्टीमा विभिन्न समूहमा देखिएको एकताविरोधी गतिविधिलाई निस्तेज पार्ने, आफूहरु कुनै पनि समूहमा नउभिने र पार्टीभित्रको समस्या हल गर्न पार्टी विधानले निर्देशित गरेको विधि, प्रणाली अपनाउन नेतृत्वको ध्यानाकर्षण गराउन हस्ताक्षर गरिएको बताए ।

उनले पार्टीभित्रको समस्या सके सचिवालयले हल गर्ने, त्यसले नसके स्थायी कमिटीले र त्यसबाट पनि हुन नसके केन्द्रीय कमिटीबाट टुंग्याइने विधि अबलम्बन गर्नुपर्नेमा आफूहरुको माग रहेको बताए । सांसद राईले छलफलले कोभिड १९ रोकथाम नियन्त्रणका लागि सरकारले खेलिरहेको भूमिका प्रभावकारी बनाउन पनि माग गरिएको बताए ।

हस्ताक्षर गर्नेमा सुरेशकुमार राई, कृष्णभक्त पोखरेल, जीवनराम श्रेष्ठ, विजय सुब्बा, झपटबहादुर रावल लगायत छन् ।

नेकपा सांसदहरुको निष्कर्ष



हस्ताक्षर गर्ने सांसदहरु





प्रकाशित : श्रावण २५, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?