वीरगन्जको नारायणी अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार कोरोना अस्पतालमा बिहान मृत्यु भएका वृद्धको परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

वीरगन्जको नारायणी अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना

ती वृद्धको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो ।

कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । दमका रोगी ती वृद्धमा बिहीबार साँझ ज्वरोका साथसाथै स्वासप्रश्‍वासमा समस्या देखिएको थियो ।

वीरगन्ज महानगरपालिका–३ का अध्यक्ष बैजु स्वर्णकारका अनुसार आदर्शनगरमा रहेको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचार सम्भव नभएपछि उनलाई नेशनल मेडिकल कलेज लगिएको थियो । कलेजले भर्ना गर्न नमानेपछि बिहीबार साँझ कोरोना अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान वृद्धको कोरोना अस्पतालमा मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

साउनयता पर्सामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण २३, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?