काठमाडौं उपत्यकामा मात्रै ८७ नयाँ संक्रमित

श्रावण २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ८७ नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबार जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन् ।

मुलुकभर भने ३६० जना थपिएका छन् । 

कान्तिपुर

Link copied successfully