कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मलेसियामा नेपाली सुरक्षा गार्ड पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा, पिटाइ खाने र पिट्ने दुवै नेपाली

दूतावासद्वारा प्रहरीमा सुपरभाइजरविरुद्ध किटानी जाहेरी दर्ता
होम कार्की

काठमाडौँ — मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय हिसाबले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

मलेसियामा नेपाली सुरक्षा गार्ड पिट्ने सुपरभाइजर प्रहरी नियन्त्रणमा, पिटाइ खाने र पिट्ने दुवै नेपाली

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिइएको थियो । किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

‘दुईपक्षबीच आपसी असमझदारी भएपछि कुटपिटको घटना भएको देखियो । यो कुटपिट अमानवीय भएको देखियो । आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न हामीले प्रहरीमा किटानी जाहेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।’

गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पीडितलाई सर्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो । शनिबार र आइतबार बिदा परेपछि दूतावासले सोमबारबाट कारबाही प्रक्रिया अगाडि बढाएको हो । ४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

दूतावासका अनुसार दुवैजना गैरकानुनी हैसियतमा मलेसियामा बसेका छन् । दुवैको आवासीय भिसाको म्याद सकिएको छ । पीडितलाई दूतावासले संरक्षण दिएर राखिएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?