जापानी दूतावास अगाडि ‘नो अब्जेक्सन लेटर’ लिनेको भीड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ । बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुन: जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् ।

जापानी दूतावास अगाडि ‘नो अब्जेक्सन लेटर’ लिनेको भीड

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यतै रोकिएका थिए । जापान सरकारले अगस्ट ५ बाट जापानले नेपालीहरुको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन् ।

दूतावासले नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउनेछन् ।

दूतावासले 'नो अब्जेक्सन लेटर' दिएपछि जापान उड्नुभन्दा ७२ घण्टा अगाडि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । उपत्यकासहित देशभरि संक्रमणको जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेहरुले मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।

प्रकाशित : श्रावण १९, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?