१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना, कोसी अस्पतालको ओपीडी बन्द

जितेन्द्र साह

विराटनगर — इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोसी अस्पतालको बहिरंग सेवा(ओपीडी) अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।

इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना, कोसी अस्पतालको ओपीडी बन्द

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडीलगायतका विभागमा कीटाणुनाशक रसायन छर्किने काम भइरहेको बुढाथोकीले बताए । संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको छ ।

प्रदेश एककै प्रमुख कोसी अस्पतालमा सामान्यतया दैनिक १२ सयको हाराहारीमा बिरामी आउने गरेका छन् । कोरोना महामारीका कारण पछिल्लो समय भने दैनिक ६ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीसहित करिब ५ सय कार्यरत छन् । ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।

अहिले ६ सयको हाराहारीमा आउँछन् । चिकित्सकसहित ५ सय कर्मचारी संक्रमितको सम्पर्कमा आएका २ जना होम क्वारेन्टाइनमा र १२ जना स्थानीय होटेलमा राखिएको छ ।

प्रकाशित : श्रावण १५, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?