वीरगन्जमा गरिएको परीक्षणमा थप ५३ जनालाई कोरोना, संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी बढ्दै

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् ।

वीरगन्जमा गरिएको परीक्षणमा थप ५३ जनालाई कोरोना, संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी बढ्दै

नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । ‘३ वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिलासहित ५३ जना नयाँ संक्रमित थपिएका छन्,’ उनले कान्तिपुरसँग भने, ‘दुई बालबालिकासमेत संक्रमित छन् ।’

वीरगन्जस्थित आर्मी ब्यारेकका थप दुई जवानमा कोरोना देखिएको छ । बाराका संक्रमितमध्ये दुई जना जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हुन् । पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली–५ का तीन जना संक्रमित छन् । अन्य संक्रमित वीरगन्ज महानगरपालिका–३ छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोठीका हुन् ।

प्रकाशित : श्रावण १५, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?