काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार

श्रावण ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि काठमाडौंको बाफलमा एसिड प्रहार भएको छ ।बिहीबारराति पौने ९ बजे युवतीमाथि एसिड प्रहार भएको हो । उनलाई तत्कालै कीर्तिपुरस्थित एक अस्पतालमा लगिएको छ । 

एसिड हान्‍ने मानिसको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बताए ।

कान्तिपुर

Link copied successfully