बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने निर्णय

अस्थायी आवास बनाउन १ लाख अनुदान दिने
मातृका दाहाल

काठमाडौँ — सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

फाइल फोटो

मन्त्रिपरिषद बैठकले यसअघि दिइदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई १ लाखबाट बढाएर २ लाख पुर्‍याएको हो ।

एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक १ लाख रुपैयाँ मात्रै दिइने छ । यस्तै, घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न १ लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न ५ जनाको परिवार भए १५ हजार र त्यसभन्दामाथि भए २० हजार रुपैया राहत उपलव्ध गराउने निर्णय भएको हो ।

३ वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ ।

बाढी/पहिरो, डुबान र कटानबाट घरबार गुमाएकालाई भूकम्पपीडित सरह अनुदान दिइने पनि निर्णय भएको छ । गृह मन्त्रालयको प्रस्ताव अनुसार मापदण्ड संशोधन गरी राहत वृद्धि गर्ने सम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो ।

प्रकाशित : श्रावण ७, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउन हट्यो, कोरोना महामारीको जोखिम टरिसकेको छैन : राष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले लकडाउन अन्त्य भए पनि कोरोना महामारीको जोखिम टरिनसकेको बताएकी छन् । बुधबार सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत लकडाउन अन्त्य भए पनि महामारी नियन्त्रण नभइसकेकाले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् । 

राष्ट्रपतिले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । 'जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन', राष्ट्रपतिले ट्वीटमा लेखेकी छन् ।

कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको लकडाउन मंगलबार राति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ को संक्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ७, २०७७ १८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×