कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सासंद आलेलाई कारबाही माग 

मोहन बुढाऐर

धनगढी — वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाही गर्न कैलालीका सामुदायिक वन उपभोक्ता समूहरुले माग गरेका छन् ।

सासंद आलेलाई कारबाही माग 

डिभिजन वन कार्यालय पहलमानपुर मातहतका २९ र धनगढी डिभिजन अन्तर्गतका ३९ सामुदायिक वनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै सांसद आलेलाई कारबाही र नयाँ उपसिमिति बनाएर छानबिन गर्न माग गरेका हुन् ।

सांसद आलेले स्थलगत अध्ययनको क्रममा ऐश्‍वर्य सामुदायिक वन पथरियाका अध्यक्ष केशव शाही, जनकल्याण सामुदायिक वनका अध्यक्ष जय गिरी लगायत वनका पदाधिकारीलाई धम्काउने र मानमर्दन हुने गरी अपशब्द बोलेकाले कारबाहीको माग भएको हो ।

दिगो वन व्यवस्थापनप्रति नकारात्मक सोच भएका फेकोफन लगायतका केही व्यक्तिहरुका कुरा सुनेर गुन्डागुर्दी शैलीमा सामुदायिक वनभित्र पसेर संरक्षणमा जुटेका व्यक्ति र समूहका पदाधिकारीहरुको मनोबल कमजोर पार्ने गरी धम्काउने र हप्काउने कार्य गरेकोले सांसद आलेलाई कारबही गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

यसैबीच सामुदायिक वनहरुले सांसद आले सदस्य रहेको उपसमिति मान्य नहुने बताएका छन् । उनीहरुले सासंद आलेले आफ्ना नजिकका मानिसहरुलाई आफूलाई भावी व मन्त्रीको रुपमा चिनाउन लगाएर उपभोक्ताका पदाधिकारीलाई प्रभावमा पारी आर्थिक लाभ लिन चलखेल समेत गरेको आरोप लगाएका छन् ।

उपसमितिले घूससहित पक्राउ परेका डोटीका पूर्व सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई विज्ञका रुपमा प्रयोग गरिएकाले उपसमितिले निष्पक्ष छानबिन गर्न नसक्‍ने ज्ञापन पत्रमा उल्लेख छ ।

प्रकाशित : असार ३१, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?