२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

डिल्लीबजार मालपोत प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — मातहतका कर्मचारीलाई घूस लिन पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोविन्दप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीसहित असार ३ गते घूससहित पक्राउ परेका ६ जना कर्मचारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

डिल्लीबजार मालपोत प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर्मचारीहरु पक्राउ परेलगत्तै डिल्लीबजार मालपोतका प्रमुख अधिकारी विभागमा सरुवा भएका थिए । उनीसहित ७ जना कर्मचारीविरुद्ध साढे ८ लाख रुपैयाँ बिगो मागदाबी छ । मालपोत अधिकृत रघुवंश कँडेल, नासुहरु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई अख्तियारले त्यतिबेला साँढे ८ लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो ।

प्रकाशित : असार ३०, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?