कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सार्वजनिक यातायातका साधन नचलाउने महासंघको निर्णय

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएको भन्दै यातायात नचलाउने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले कान्तिपुरलाई जानकारी दिए ।

सार्वजनिक यातायातका साधन नचलाउने महासंघको निर्णय

यही २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका उपाय अपनाउँदै काठमाडौं उपत्यकाका तीनै जिल्ला र बाहिर जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायत माग यातायात व्यवसायीहरुको माग छ ।

प्रकाशित : असार २६, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?